जनता समाजवादी पार्टी (जसपा)को महन्थ-राजेन्द्र पक्ष सरकारमा सहभागी भएसँगै एमालेबाट मन्त्री बनेका तीन जनाले विदा लिनु पर्ने भएको छ ।
भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङफे, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतो र वन तथा वातावरण मन्त्री प्रेम आले मन्त्रीबाट विदा हुने भएका हुन् ।
जसपाका लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियाँलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिइने भएको छ ।
प्रतिक्रिया