Logo

राजनीति

ओलीले एमालेका ४ मन्त्रीबाहेक सबैलाई निकाल्‍ने : शेरबहादुरको इन्ट्री, विष्णु र रघुविर उपप्रधानमन्त्री  



प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका छन् । शुक्रबार साँझ उनले जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहसहितका मन्त्रीहरूलाई शपथ खुवाउन लागेका छन् ।

त्यसका लागि उनले यसअघिका चार जनाबाहेक एमालेका सबै मन्त्रीहरूलाई हटाउने भएका हुन् । उनले अर्थमन्त्री बिष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङबाहेक सबैलाई हटाउन लागेका हुन् । 

प्रधानमन्त्री ओलीले  रघुवीर महासेठलाई परराष्ट्र मन्त्री र शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बनाउने भएका छन् । यसअघि प्रदीप ज्ञवाली परराष्ट्र र हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री थिए। महासेठ र तामाङ यसअघि पनि ओली सरकारमा मन्त्री भइसकेका थिए ।

पार्टीबाट नियुक्ति हुन बाँकी मन्त्रीहरू केही दिनमा नियुक्त हुने जनाइएको छ । ‌ओलीले विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री बन्ने स्रोतले जनाएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई पार्टीकै जिम्मेवारीमा खटाउन परेकाले मन्त्रीमा नदोहोर्‍याएको बताइएको छ । पार्टीको पहिलो पुस्ताकै नेता भए पनि ओलीले पोखरेललाई भने गतिलो जिम्मेवारी दिएका  थिएनन् । 

शुक्रबार साँझ उनले जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहसहितका मन्त्रीहरूलाई शपथ खुवाउन लागेका हुन् । महतो उपप्रधानसहित सहरी विकास मन्त्री बन्ने भएका छन् ।

प्रकाशित मिति : जेष्ठ २१, २०७८ शुक्रबार  ६ : २२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।