Logo

राजनीति

ओलीले मन नपराएका ईश्‍वर क्याबिनेटबाटै आउट !



पछिल्लो पटक मन्त्रिपरिषद्को हेरफेरमा रक्षा मन्त्रालय गुमाएर उपप्रधानमन्त्रीमा खुम्चिएका ईश्वर पोखरेल यस पटक मन्त्रिपरिषद्बाटै बाहिरिने भएका छन् । वरिष्ठताका आधारमा विष्णु पौडेल ईश्‍वरभन्दा पछि भए  इश्वर पोखरेललाई हटाएर अर्थमन्त्रीलाई उपप्रधानमन्त्री बनाउने ओलीले निर्णय गरेका छन् ।

यसअघि चीनबाट स्वास्थ्य सामग्री ल्याउने विषयमा विवादमा तानिएपछि ईश्‍वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट मुक्त गरिएको थियो । पार्टी राजनीतिमा ईश्‍वरलाई भन्दा शंकर पोखरेललाई अगाडि बढाउन लागेका ओलीले उपप्रधानमन्त्रीमा उनीभन्दा जुनियर दुईजनालाई जिम्मेवारी दिन लागिएको हो । 
  
उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि बाहिरिने भएका छन् । 

अब परराष्ट्र मन्त्रालयको जिम्मा एमालेका रघुवीर महासेठले पाउनेछन् । उनी उपप्रधानमन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा सहभागी हुनेछन् । 

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार १८:४२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।