Logo

राजनीति

ओलीको मन्त्रिमण्डल : पहिले पालो बुढीको, अहिले बुढाको



प्रधानमन्त्री केपी शर्माले शुक्रबार मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका छन् । जनता समाजवादी पार्टीका महन्थ ठाकुर समूहलाई सरकारमा समावेश गर्न लागेका ओलीले नेकपा एमालेबाट मन्त्री बनेकाहरुलाई पनि हेरफेर गर्न लागेका हुन् । 

तत्कालीन नेकपा हुँदा भौतिकमन्त्री बनेका रघुविर महासेठ पहिलो पटकको मन्त्रिपरिषद् हेरफेरका क्रममा क्याबिनेटबाट बाहिरिएका थिए । संसद् विघटनपछि नेकपाका दुई धार देखिएपछि प्रधानमन्त्री ओलीले पुसमा गरेको मन्त्रिपरिषद् हेरफेरमा रघुविरलाई आफ्नो पक्षमा पार्नका लागि ओलीले उनकी श्रीमति जुलीकुमारी महतोलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी दिएका थिए । 

पहिले प्रचण्ड-नेपाल समूहका लागेका महासेठको श्रीमतिलाई मन्त्री बनाएपछि उनी ओली समूहमा फर्किएका थिए । फेरि अल्पमतमा परेका ओलीले संसद् विघटन गरेपछि मन्त्रिपरिषद् हेरफेर गर्न लाग्दा अहिले रघुविरलाई मन्त्री बनाउन लागेका छन् । 

प्रधानमन्त्री ओलीले आफ्ना विश्‍वापात्र प्रदीप ज्ञवाललाई फिर्ता बोलाएर रघुविरलाई परराष्ट्रसहित उपप्रधानमन्त्रीको जिम्मेवारी दिन लागेका हुन् । प्रधानमन्त्री ओलीले नेताहरुलाई आफ्नो समूहका रहिरहनका लागि विभिन्‍न लोभमा पार्ने क्रममालाई निरन्तरता नै दिएका छन् । जसअनुसार पहिले रघुविरको श्रीमतिलाई मन्त्री बनाएका ओलीले अहिले श्रीमानलाई मन्त्री बनाउन लागेका हुन् । 

 

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार १९:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।