Logo

राजनीति

आज खनाल-नेपाल समूहको बैठक बस्दै, ओलीबाट अलग हुन सक्ने



प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट अलग भएर नयाँ पार्टी गठन गर्न नेता तथा कार्यकर्ताहरुको चर्को दबाब रहेका बेला झलनाथ खनाल– माधव नेपाल समूहको स्थायी कमिटी बैठक शनिबार बस्दै छ । मध्यान्ह १२ बजे बस्ने भर्चुअल मिटिङले विहीबार र शुक्रबार केन्द्रीय सदस्यबाट आएको सुझावका बारेमा विमर्श गरिने बुझिएको छ ।

विहीबार र शुक्रबार गरी माधव–झलनाथ पक्षका केन्द्रीय सदस्यहरुको दुई दिने बैठक बसेको थियो । उनका अनुसार केन्द्रीय कमिटी बैठकले केपी ओलीसँग सम्झौताहीन संघर्ष गर्ने लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । यसका साथै पार्टी एकता जोगाउन संस्थापन पक्षसँग वार्ता, संवाद र पार्टी पुनर्गठन अभियान समानान्तर रूपमा सञ्चालन गर्ने बैठकको निष्कर्ष  छ । 

शनिबार बस्ने स्थायी कमिटिको बैठकले कुनै न कुनै ठोस निर्णय लिन सक्ने अनुमान गरिएको छ । 

प्रकाशित मिति : जेष्ठ २२, २०७८ शनिबार  ८ : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।