नेकपा (एमाले)का युवा नेता योगेश भट्टराईले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिले राम्रो संकेत नगरेको भन्दै उनको अभिव्यक्तिमा लगाम लगाउन माग गरेका छन् । उपप्रधानमन्त्री महतोले सपथ लिएकै दिन विवादास्पद अभिव्यक्ति दिएपछि नेता भट्टराईले उनको बोलीमा लगाम लगाउन प्रधानमन्त्री समक्ष माग गरेका हुन् ।
उपप्रधानमन्त्री महतोले पहिलो र दोश्रो संविधानसभामा असान्दर्भिक भइसकेको बहु राष्ट्रिय राज्यको बहस उठाएर देशलाई द्वन्द्व तिर फर्काउने अभिब्यक्ति दिएको भन्दै नेता भट्टराईले यस्तो अभिव्यक्तिप्रति लगाम लगाउन माग गरेका हुन् । ‘पहिलो र दोश्रो संबिधानसभा मै असान्दर्भिक भैइसकेको बहु राष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्रीले पुन उठाएछन । संकेत राम्रो छैन ।’ उनले भनेका छन्, ‘देशलाई फेरी द्वन्द्व तिर फर्काउने यस्ता अभिब्यक्ति माथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यु ।’
बहुराष्ट्र भन्ने महतोको भनाई देश टुक्राउने आशयको भएको बुझाई भट्टराईको छ ।















प्रतिक्रिया