प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ओफ्नो मन्त्रिमण्डलमा व्यापक हेरफेर गरेका छन् । चार मन्त्रीलाई मात्र राखेर व्यापक मन्त्रिमण्डल फेरफेर उनको मन्त्रिपरिषद्मा प्रदेश २ बाट मात्रै १० जनाले चान्स पाएका छन् । उनले आफ्नो सत्ता टिकाउनका लागि आफ्नै पार्टीका १३ मन्त्रीलाई बर्खास्त गरेका थिए ।
नेपालकै इतिहासमा प्रदेश २ बाट एकै पटल सरकारमा यतिधेरै संख्यामा मन्त्री सहभागी भएको यो नै पहिलो हो ।
जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षलाई समेटेर प्रधानमन्त्री केपीशर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल पुनर्गठन गरेपछि प्रदेश २ ले दुई उपप्रधानमन्त्रीसहित १० मन्त्री पाएको हो ।
प्रदेश २ बाट जसपाका ९ जना एमालेबाट १ मन्त्री गरि १० मन्त्री बनेका छन् । धनुषाबाट मात्रै दुई उपप्रधानमन्त्रीसहित तीन मन्त्री बनेका छन् ।
धनुषा क्षेत्र नम्बर ३ बाट राजपाबाट निर्वाचित सांसद राजेन्द्र महतो उपप्रधानसहित सहरी विकासमन्त्री, धनुषा निर्वाचत क्षेत्र नम्बर ४ एमालेबाट निर्वाचित सांसद रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र मन्त्री र धुनषा निर्वाचिन क्षेत्र नम्वर २ बाट तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित सांसद उमाशंकर अरगरिया संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री बनेका छन् ।
यस्तै महोत्तरी जिल्लाबाट पनि दुईजना मन्त्री बनेका छन् । महोत्तरी क्षेत्र नम्वर २ बाट पूर्वराजपाबाट निर्वाचित सरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई, समानुपातिक सांसद चन्दा चौधरी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेकी हुन् । चौधरीको घर सर्लाही भए पनि महोत्तरीबाट समानुपातिकमा उनी सांसद बनेकी हुन् ।
सर्लाही क्षेत्र नम्वर १ मा पूर्वराजपाबाट निर्वाचित अनिल कुमार झा खानेपानी तथा सरसफाईमन्त्री बनेका छन् । पर्साबाट भने दुईजना मन्त्री बनेका छन् ।
क्षेत्र नम्बर १ राजपाबाट निर्वाचित लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका छन् भने पर्सा निर्वाचन क्षेत्र २ तत्कालि फोरमबाट निर्वाचित विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बेनका छन्।
त्यस्तै बारा जिल्लाको क्षेत्र नम्बर २ पूर्वराजपाबाट निर्वाचित सांसद एकवाल मियाँ युवा तथा खेलकुदमन्त्री बनेका छन् भने सप्तरी क्षेत्र नम्बर ३ राजपाबाट निर्वाचित चन्द्रकान्त चौधरी राज्यमन्त्री, ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री भएका हुन् ।
मन्त्री महतोले दिएको एउटा अभिव्यक्ति पहिलो दिनमै विवादित बनेको छ । उपप्रधानमन्त्री तथा शहरी विकाश मन्त्रीमा नियुक्त भएपछि महतो विवादमा परेका हुन् ।
देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु जरुरी रहेको उनको अभिव्यक्तिसँगै उनी विवादमा तानिएका हुन् । सामाजिक सञ्जालमा महतोको आलोचना भइरहेको छ ।





















प्रतिक्रिया