Logo

राजनीति

एमाले एकता कायम राख्न यी हुन् नेपाल-खनाल समूहका शर्तहरु



बारम्बार फूटको संघार पुगेर पनि फूट्न नसकेको नेकपा एकमालेको माधवकुमार नेपाल – झलनाथ खनाल समूहको स्थायी कमिटिको बैठक चलि रहेको छ । शुक्रबार कन्द्रीय कमिटिको बैठक गरेको यो समूहको शनिबार स्थायी कमिटिको बैठक बसेको हो । 

शुक्रबारको कन्द्रीय कमिटिको बैठकमा अधिकांस सदस्यहरुले तत्काल नयाँ पार्टी दर्ता गरेर अगाडि बढ् सुझाव दिएका थिए भने  केहीले अझै एकताको प्रयास जारी राख्नु पर्ने धारणा राखेका थिए । शनिबार बसिरहेको बैठक बुँदागत बटमलाइनमा केन्द्रित रहेको बुझिएको छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता नै चाहेको भए विभिन्न ५ वटा बुँदा मान्नु पर्ने नेपाल-खनाल समूहको सर्त छ । प्रतिनिधिसमा विघटन गल्ती थियो भनेर आत्माआलोचना गर्नु पर्ने, पार्टीका सबै संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनु पर्ने, त्यसै दिन जेठ २ अघिको स्थायी कमिटी बैठक बस्नुपर्ने, त्यस बैठकले तल्ला कमिटीहरुको समायोजनका लागि कार्यदल गठन गर्नुपर्ने, नवौं महाधिवेशनको निर्णय र नीति मान्ने र सामुहिक निर्णयका आधारमा चल्ने प्रतिबद्धता जनाउनु पर्ने सर्तहरु ओली समक्ष राखेका छन् । 

 

 

 

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार १७:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।