Logo

राजनीति

महतोको अभिव्यक्ति दुर्भाग्यपूर्ण : गोकर्ण विष्ट



नेकपा एमालेका नेता गोकर्ण विष्टले उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ बनाउने भनी दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् ।

उपप्रधानमन्त्रीको पदभार ग्रहणपछि सञ्चारकर्मीसँग बोल्दै महतोले नेपाललाई ‘बहुल राष्ट्रिय राज्य’ बनाउने अभियान जारी रहेको बताएका थिए । 

विष्टले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना भनाइ राख्दै लेखेका छन्, ‘उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल छ ।’

उपप्रधानमन्त्री महतोको अभिव्यक्तिलाई विष्टले दुर्भाग्यपूर्ण भनेका छन् । ‘जिम्मेवार पदमा रहेका व्यक्तिबाट यस प्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ,’ विष्टले भनेका छन् ।

 

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार १७:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।