Logo

राजनीति

ओली समूहकै नेताद्वारा राजेन्द्र महतोको विरोध, अभिव्यक्ति राष्ट्रिय अखण्डता विरोधी



नवनियुक्त उपप्रधान तथा शहरी बिकासमन्त्री राजेन्द्र महतोले पदभार ग्रहण गर्दै गर्दा दिएको अभिव्यक्तिलाई लिएर सर्वत्र विरोध भई रहेको छ । बहुराष्ट्र निर्माणका लागि मुक्ति आन्दोलन गर्ने मतोको अभिव्यक्ति बिबादमा आएको हो । 

आफूले नियुक्त गरेका मन्त्रीको त्यस्तो अभिव्यक्ति आउँदा समेत मौन रहेको भन्दै प्रधानमन्त्रीकै आलोचना भइरहेका बेला ओली समूहका नेताले समेत महतोको अभिव्यक्तिको विरोध गरेका छन् । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले  महतोको अभिव्यक्तिको विरोध जनाएका छन् । 

नेता कँडेलले महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि  राष्ट्रिय मुक्ति  आन्दोलनको तयारी गर्ने’  भनि दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल भएको कँडेलले बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कँडेलले शनिबार विरोध जनाएका हुन् । 

उनले भनेका छन्,‘ जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक  र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।’ 

Yamlal kadel.jpg

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार १७:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।