नेकपा एमालेको माधवकुमार नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्नु गल्ती भएको आत्मालोचना नगरेसम्म पार्टी एकताबारे कुनै छलफल नहुने निश्कर्ष निकालेको छ ।
तीन दिनसम्म भर्चुअल चलेको केन्द्रीय समिति र शनिबार बसेको स्थायी समिति बैठकले उक्त निरश्कर्ष निकालेको हो । प्रतिनिधि सभा विघटन गर्नु गल्ती थियो भन्दै आत्मालोचना नगर्दासम्म औपचारिक वार्ता नगर्ने उक्त समूहको निष्कर्ष छ ।
उपाध्यक्ष युवराज ज्ञवालीले संविधान र पार्टी विधान मिलेकोमा आत्मालोचना नगर्दासम्म औपचारिक वार्ता नगर्ने निर्णय भएको जानकारी दिए ।
अध्यक्ष ओलीले पार्टी एकता नचाहेको निष्कर्ष बैठकले निकालेको छ । पार्टीमा भाजो हाल्ने, अवरोध सृजना गर्ने, चालबाजी गर्ने, संविधान मिच्ने, प्रतिनिधि सभा विघटन गर्ने जस्ता कार्य ओलीले गर्दै आएको उक्त समूहको आरोप छ ।
एकतामा संकट र बाधक ओली नै देखिएको निष्कर्ष पनि नेपाल समूहको छ । तर, पनि अझै एकताको प्रयास जारी राख्ने निर्णय बैठकले गरेको छ ।















प्रतिक्रिया