Logo

राजनीति

उपप्रधानमन्त्री महतोले मध्यराति सच्याए विवादास्पद ‘बहुलराज्य’अभिव्यक्ति



उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री राजेन्द्र महतो विवादमा तानिएका छन्। मन्त्री भएको दोस्रो दिन नै ‘नेपाल बहुलताले भरिएको देश हो, एकल राज्य स्वीकार्य छैन’ भनेपछि उनले तीव्र आलोचना खेप्नु परेको छ ।

शनिवार जसपा पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीलाई गरिएको स्वागत कार्यक्रममा बोल्दै उनले एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको भन्दै बहुल समुदाय रहेकोले बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने बताएका थिए। 

तर, महतोले भने आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको समेत दावी गरेका छन्। शनिबार मध्यराति नै विज्ञप्ति जारी गर्दै महतोले ‘राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको’ र  यसबारेमा कसैलाई पनि भ्रममा नपर्न भनेका छन्।

‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ’, यसअघिको आफ्नो अभिव्यक्ति सच्याउँदै महतोले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

mahato.jpg

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार ०६:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।