Logo

राजनीति

सुदूरपश्चिम प्रदेशमा एमाले स्पष्टीकरणको जवाफ मेलमार्फत



नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरणको जवाफ दिएका छन् । यसअधि प्रधानमन्त्ती के पी शर्मा ओलीले नेता प्रकाश बहादुर शाहालाई स्पष्टीकरण सोधेका थिए । 

अध्यक्ष ओलीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ शाहले एमाले प्रदेश कमिटीका सचिव राजेन्द्र रावललाई आज मेलमार्फत दिएका हुन् । 
  
सचिव रावलले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र एमाले पार्टी सचिव शेरबहादुर तामाङलाई स्पष्टीकरण पठाइएको जानकारी गराए । 

अध्यक्ष ओलीले शाहलाई पार्टी स्थायी कमिटीले समर्थन फिर्ता लिइसकेको विपक्षी दलको प्रदेश सरकारको मन्त्री पदमा किन रहेको भनी सोधनी गर्दै गुटका भेलामा सहभागी हुने र अरूलाई समेत सहभागी हुन उत्प्रेरित गर्ने गरेको आरोपका साथ स्पष्टीकरण सोधेका थिए । 

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार १३:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।