Logo

राजनीति

गोकुल बाँस्कोटाले भने – ७० करोड चुलोमा गाडेको छु 



नेकपा एमालेका नेतासमेत रहेका पूर्वमन्त्री गोकुल बाँकस्कोटाले हिनामिना गरेको भनिएको ७० करोड रुपैयाँमा चुलोमा गाडेको बताएका छन् । नेता बाँस्कोटाले आइतबार सामाजिक सञ्‍जाल ट्विटरमा आएको प्रतिक्रियाको जवाफ दिँदै ७० करोड चुलोमा गाडेको जवाफ दिएका हुन् । 

नेता बास्कोटालाई ट्विटरको प्रतिक्रियामा भनिएको छ, “७० करोड खोई ?” उनले उक्त प्रतिक्रियाको जवाफमा भनेका छन्, “तपाईंको घरको चुलोमा गाडिदिएको थिँए, खोतल्नुस त ।” 

आइतबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्ववत सहमतिका आधारमा संवैधानिक इजलास गठन गरेपछि पनि ओली समूहका कानुन व्यवसायीहरुले फेरि दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको विषयमा प्रश्‍न उठाउँदै इजलासमा बस्‍न नहुने बताएका थिए ।

उक्त समाचार प्रकाशित भएकोप्रति बास्कोटाले ट्विटर गरेका थिए । सोही ट्विटको प्रतिक्रियाको जवाफ बास्कोटाले ७० करोडबारे टिप्पणी गरेका हुन् । 

यसअघि प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड भ्रष्टाचार गरेको अडियो बाहिरिएपछि बास्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए । उक्त मुद्दा अहिले विचाराधिन छ । 

 

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार १४:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।