Logo

राजनीति

माधवसमूहको निश्कर्ष : सशक्त संगठन निर्माणमा सक्रिय बनौं  (पूर्णपाठसहित)



काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपालपक्षले पार्टी एकता हुने सम्भावना नरहेको निश्कर्ष निकालेको छ । केही दिनदेखिको निरन्तर भर्चुअल संवादपछि बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीसँग पार्टी एकताको सम्भावना नरहेको निश्कर्ष निकालेको हो ।

ओली गुटबाट एकताका नाममा हुने प्रचार र भ्रममा नपरी संगठन निर्माणमा लाग्न वरिष्ठ नेता नेपालले आह्वान गरेका छन् ।

पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन र निर्णयअनुरुप सिंगो पार्टी एकताबद्ध र प्रभावकारीरुपमा अगाडि बढोस् भन्ने आफ्नो चाहना रहेको तर प्रधानमन्त्री केपी ओलीबाट दक्षिणपन्थी विसर्जनवादी चिन्तन र व्यवहारका कारण सम्भव नभएको नेपालपक्षको निश्कर्ष छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार १५:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।