Logo

राजनीति

कांग्रेसबाट कर्णालीमा मन्त्री बनेका दुई जनाले लिए शपथ



सुर्खेत । कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट मन्त्री बनेका दुई जनाले शपथ लिएका छन् । सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर विसी र उर्जा तथा जलस्रोत मन्त्रीमा दीनबन्धु श्रेष्ठले शपथ लिएका हुन् ।

प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको कांग्रेस झण्डै दुई महिनापछि सरकारमा सहभागी भएको हो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार १६:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।