Logo

राजनीति

विवादित बनेपछि संवैधानिक इजलास स्थगित



प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटमाथि सुनुवाइ नै नभइ संवैधानिक इजलास स्थगित भएको छ ।

पुनर्गठित इजलासमा दोहोरिएका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको सन्दर्भमा महान्यायाधिवक्तासहित सरकार पक्षका वकिलले प्रश्न उठाएपछि मुद्दामा प्रवेश हुन नै नपाइ इजलास स्थगित भएको हो ।

प्रधानन्यायाधीशले सबै न्यायाधीशले मुद्दा हेर्न नमिल्ने भनी पेश भएको निवेदनमा मानहानीको कसुर लाग्ने चेतावनी दिएपछि बहस त्यसतर्फ केन्द्रित भएको थियो । 

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार १७:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।