जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको बजेट अधिवेशन सोमबारदेखि सुरु हुने भएको छ । दिउँसो १ बजे प्रदेशसभाको बजेट अधिवेशनको बैठक बस्न लागेको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख राजेश झाले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका हुन् । बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरूले शुभकामना दिने र त्यसपछि आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रि-बजेटको डकुमेन्ट टेबुल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेश सरकारले आर्थिक वर्षको बजेट असार १ गतेभित्र पेस गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सोमबार बस्ने प्रदेशसभा बैठकमा प्रि-बजेट छलफलपछि संसदमा प्रस्तुत गरिने छ ।
प्रदेश सरकारले जेठ २७ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। प्रदेशसभामा प्रदेश प्रमुख झाले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।





















प्रतिक्रिया