Logo

राजनीति

भारतसँग यसअघिका असमझदारीहरु समाधान भइसके : प्रधानमन्त्री ओली 



प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग यसअघि रहेका सबै असमझदारीहरु समाधान भइसकेको बताएका छन् । मुलुकमा राजनीतिक अस्थिरता बढिरहेको समयमा प्रधानमन्त्री ओलीले भारतसँगका असमझदारीहरु समाधान भइसकेको बताएका छन् । 

उनले भने, “पक्कै पनि एक समयमा केही असमझदारीहरु थिए । तर, अहिले सबै असमझदारीहरु समाधान भइसकेका छन् ।” बीबीसीसँगको अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले विगतका असमझदारीहरुमा अल्झिएर रोकिन नहुने बताएका छन् । 

उनले थपे, “हामी विगतमा असमझदारीहरु थिएँ भन्‍ने कुरामा अल्झिएर रोकिनु हुँदैन । हामीले सकारात्मक सम्बन्धलाई बढावा दिनुपर्छ ।” उनले नेपाल र भारतबीच एक विशिष्ट सम्बन्ध रहेकोसमेत बताएका छन् । 

उनले भने, “छिमेकीबीच केही समस्या हुन्छन् भने माया र सद्‌भाव पनि उतिकै हुनेगर्छ । चिलि र अर्जेन्टिनाका बीच के केही समस्या छैनन् ?”

उनले यस विषयम परिस्थितिमा भारतले पू्ण सहकार्य गर्नुपर्नेसमेत बताएका छन् । उनले थपे, “यसको मतलब भारतले सहयोग गरेको छैन भन्‍ने होइन । यस समयमा नेपालले खोप चाहेको छ । त्यसकारण नेपालले दुबै छिमेकी मुलुकहरुलाई खोप उपलब्ध गराउन आग्रह गरेको छ ।” 

सरकार गठनअघिदेखि भारतविरोधी बनेका प्रधानमन्त्री ओली २०७७ कात्तिक पहिलो साता भारतीय जासुसी संस्था रअका प्रमुख सामन्त गोयलसँगको भेटपछि भने बोली फेरेका छन् । सामन्त गोयलको नेपाल भ्रमणपछि मुलुकमा राजनीतिक अस्थिरता बढेको छ । 

फाइल तस्बिर ।

प्रकाशित मिति : जेष्ठ २४, २०७८ सोमबार  १२ : ०२ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।