जनकपुर । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र प्रदेश २ सरकारमा आजै सहभागी हुने भएको छ । मन्त्रालयको सबै संख्या टुंगो नलागे पनि मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस र माओवादीका एक एक जनालाई मन्त्री बनाएर सरकारमा सहभागी गराउन लागेका हुन् ।
कांग्रेसबाट रामसरोज यादव र माओवादी केन्द्रबाट भरत साहलाई मुख्यमन्त्री राउतले सरकारमा सहभागी गराउन लागेका हुन् ।
यादवलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालय दिने समझदारी भए पनि माओवादी केन्द्रका साहलाई कुन मन्त्रालय दिने भन्ने टुंगो लागेको छैन ।
मन्त्रालयको विषय टुंगो लगाउन आज कांग्रेस र माओवादी केन्द्रबीच छलफल गर्ने र त्यसपछि मन्त्रालयको टुंगो लगाइने साहले बताए ।
मुख्यमन्त्री राउतले मन्त्रालय टुक्रयाएर कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन चाहेका छन् । मुख्यमन्त्री राउतले आइतबार महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका चार मन्त्रीलाई बर्खास्त गरेका थिए ।















प्रतिक्रिया