Logo

राजनीति

 जसपा महन्थ ठाकुर समूहद्वारा प्रदेश २ को प्रदेशसभा बहिष्कार



जनता समाजवादी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर समूहका प्रदेशसभा सदस्यहरूले बैठक बहिष्कार गरेका छन् । प्रदेश २ मा सोमबारदेखि सुरु भएको बजेट अधिवेशन ठाकुर समूहका सांसदहरूले बहिष्कार गरेका हुन् । 

महन्थ–राजेन्द्र महतो निकट चार मन्त्री बर्खास्त भएपछि अगामी रणनीति तय गर्न सोमबार बैठक बसेको थियो । पूर्वमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा बसिएको बैठकले अगामी बैठकमा सहभागि नभएर बहिष्कार गर्ने निर्णय गरेको हो । 

प्रदेशसभामा बसेको बैठकमा तत्कालिन राजपाबाट निर्वाचित २५ जना सांसदमध्ये १५ सहभागी थिए । केही सांसद बिरामी तथा बाहिर रहेका कारण आउन नसकेको जनाइएको छ । 

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव समूहले मन्त्री बर्खास्त गरेर कांग्रेस र माओवादीलाई सरकारमा ल्याउने अन्तिम चरणमा पुगिसकेका छन् । बजेट अधिवेशन सुरु भइसकेको छ । 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार १६:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।