नेकपा एमालेले कर्णाली प्रदेश सभाको बैठक अवरूद्ध गरेको छ । भौतिक पूर्वाधार मन्त्रीलाई संसद् बैठकबाट बाहिर निकाल्न माग गर्दै नेकपा एमालेका सांसदहरूले बैठक अवरूद्ध गरेका हुन् ।
आजदेखि सुरु भएको कर्णाली प्रदेश सभाको आठौं अधिवेशनको पहिलो वैठकमा सभामुखले कार्यसूची अघि नबढाउँदै एमाले संसदीय दलका नेता यामलाल कँडेलले मन्त्री अम्मर थापालाई प्रदेश सभाबाट बाहिर निकाल्न भनेका हुन् । थापामाथि सरकारी कागजात कीर्ते गरेको मुद्दा छ ।
अदालतले करार पुष्टि भएका व्यक्ति झण्डा हल्लाउँदै यो सभामा प्रवेश गरेको भन्दै सांसदहरूले मन्त्री थापालाई निकाल्न माग गरेका हुन् ।
एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किएपछि कर्णाली प्रदेश सभामा एमाले प्रमुख प्रतिपक्षी दलका रुपमा छ ।
प्रतिक्रिया