केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार प्रधानमन्त्रीबिहीन छ । ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरे पनि गृहमन्त्री भने कसैलाई नियुक्त गरेनन् । जसले गर्दा उनको क्याबिनेट गृहमन्त्रीबिहीन बन्न पुगेको हो ।
रामबहादुर थापा बादल पदमुक्त भएपछि रिक्त रहेको गृहमन्त्रीका लागि सत्तारुढ नेकपा एमालेकै नेताहरूको नाम चर्चामा छ ।
बादल पदमुक्त भएपछि प्रधानमन्त्री ओलीले अहिले गृहमन्त्रालसहित उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैले हेरिरहेका छन् ।
गृहमन्त्रीका लागि महेश बस्नेत, प्रदीप ज्ञवाली, खगराज अधिकारी चर्चामा छन् । यस्तै रामबहादुर थापा बादलले पनि गृहमन्त्रीमा दोहोरिने इच्छा व्यक्त गरेका छन् ।
ओलीले रुचाएका महेश बस्नेतलाई अघिल्लो वर्ष सांसद अपहरणको आरोप लागेकाले ल्याउन नहुने दवाव प्रहरी प्रशासनले दिइरहेको स्रोतले बताएको छ । उनलाई गृहमन्त्री दिने इच्छामा राष्ट्रपति विद्यादेवी भण्डारी नभएको बुझिएको छ ।
बस्नेतको विकल्पमा हालै परराष्ट्र मन्त्रालयबाट जिम्मेवारीमुक्त भएका प्रदीप ज्ञवालीको नाम पनि गृहमन्त्रीमा चर्चा छ । बस्नेतलाई गृहको जिम्मेवारी नदिइए पनि सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाउने विषय पनि चर्चा चलिरहेको छ ।
यस्तै पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीको नाम पनि गृह मन्त्री बन्ने चर्चा छ ।

















प्रतिक्रिया