प्रधानमन्त्री केपी ओलीले भारत आफै कोरोनाको कहरमा रहेकाले धेरै मद्दत गर्न नसकेको बताएका छन्।
बिबिसी हिन्दीका पत्रकारले ‘कोरोना महामारीमा नेपालले समस्या झेल्नु प-यो। के भारतबाट त्यति सहयोग मिलेन, जति अपेक्षा थियो?’ भनेर सोध्दा ओलीले भनेका छन्, ‘मलाई नकारात्मक कुरा गर्न छैन। भारतमा कोरोनाको यस्तो लहर फैलिरहेको थियो, त्यो कारणले पनि हुनसक्छ किनकी भारत आफै समस्यामा थियो।’
पत्रकारले प्रम ओलीलाई ‘नेपालमा चीनकाे प्रभाव बढेकाे हाे? चीन तपाईँहरुलाई धेरै सहयाेग गरिरहेकाे हाे ? भनेर पनि प्रश्न गरेका छन्। जवाफमा ओलीले भनेका छन्, ‘यसमा राजनीतिलाई बीचमा ल्याउन आवश्यक छैन। यसमा कसैकाे प्रभावकाे कुरा छैन। भारत खाेप देला, चीन देला, बेलायत देला…. जसले दिए पनि ठीक छ। याे खाेपकाे मामला हाे। राजनीतिक मामला हाेइन।’
यसमा राजनीति गर्न नहुने उनकाे भनाइ छ। दुवै छिमेकी देशलाई धन्यवाद भनेका ओलीले भनेका छन्, ‘किन कि एकले हामीलाई १८ लाख खाेप दियाे, अर्काेले २० लाख दियाे। दुबै देशबाट सहयाेग मिलिरहेकाे छ। दुवैबाट स्वास्थ्य उपकरण प्राप्त भइरहेकाे छ। यसकारण दुवै देशलाई धन्यवाद दिन्छु।’

















प्रतिक्रिया