सुदूरपश्चिम प्रदेशका मुख्यमनी त्रिलोचलन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा ३० मत परेको छ भने उनको विपक्षमा ९ मत परेको छ ।
प्रदेश सभामा मुख्यमन्त्री भट्टले विश्वाको मत प्राप्त गर्न राखेको प्रस्ताव बहुमतले पारित भएकोले उनको निरन्तरता हुने भएको छ । १२ जना भने मतदानमा सहभागी भएनन् ।
प्रदेशभा बैठक मंगलबार ४ बजे फेरि बस्ने भएको छ ।
५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकार रहेको थियो । सबैभन्दा ठूलो दल एमालेसँग सभामुखसहित २५ सांसद छन् । त्यहाँ एमालेको नेपाल समूह बलियो छ । नेपाल समूहमा १५ सांसद छन् भने ओली समूहमा ९ सांसद मात्र देखिएका छन् ।
यस्तै माओवादी केन्द्रका १४ सांसद रहेकामा एकजनालाई कारबाही गरिएपछि अहिले १३ जना मात्रै छन् । माओवादी केन्द्रबाट विजयी अका झपडछामबहादुर बोहरा एमालेमा प्रवेश गरेपछि उनको सांसद पद गुमेको हो । यस्तै प्रदेश सभामा कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।
मुख्यमन्त्री भट्टलाई सरकार जोगाउन २७ सांसद आवश्यक पर्ने भए पनि उनले ३० मत प्राप्त गरेका हुन् ।















प्रतिक्रिया