Logo

राजनीति

मन्त्रिपरिषद् विस्तारविरुद्धका मुद्दाको बहस सकियो, आदेश कहिले ? 



मन्त्रिपरिषद् विस्तारविरुद्ध परेका रिटमामाथिको बहस सकिएको छ । मंगलबार भर्चुअल माध्यमबाट भएको बहस सकिएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार जसपालाई सरकारमा सहभागी गराउँदै गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध मंगलबार भएको सुनुवाइमा भर्चुअल माध्यमबाट गरिएको बहस सकिएको अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अनलाइनपानालाई जननकारी दिए ।

सो बहसको आदेश आजै आउने न्यौपानेले बताएका छन् । उनले भने, “रिट निवेदकका तर्फको बहस सकिएको छ । रिट निवेदक पक्षको बहस सुनिसकेपछि आजै आदेश आउने सम्भावना रहेको छ ।”

मन्त्रिपरिषद् विस्तार असंवैधानिक र अलोकतान्त्रिक भएकोले निर्णय बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सितादेवी श्रेष्ठसहित ६ जनाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १३:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।