Logo

राजनीति

सूर्य थापाले भने – अब कांग्रेसँग एकता होला, नेपाल गुटसँग हुँदैन 



प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार सूर्य थापाले अब माधव नेपाल समूहसँग एकता नहुने दाबी गरेका छन् । थापाले ट्विटरमा सोमबार नेपाल समूहको बैठकले जारी गरेको ६ बुँदै जवाफ शेयर गर्दै नेपाल गुटिसँग एकता नहुने बताएका हुन् । 

उनले जेठ २ गतेको रटानको अध्याय पनि सकिएको बताएका छन् । माधवकुमार नेपालका शर्त स्वीकारेर एकता हुन नसक्ने बताएका छन् । 

उनले भनेका छन्, “देउवाको कांग्रेससँग बरु एकता होला ।” उनले अध्यक्ष ओलीको वक्तव्य मानेर आउनेलाई स्वागत गर्नेसमेत बताएका छन् । 

उनले ट्विटरमा भनेका छन्, “अब जेठ २ को रटानको अध्याय सकिएको छ । माधव कु नेपालका शर्त स्वीकारेर त एकता हुँदैन ।यी शर्तमा नेपाल गुटसँग होइन, देउवाको काँग्रेससँग बरू एकता होला । तेल निकाल्न बालुवा होइन तोरी पेल्नुपर्छ । ल्याङल्याङ अति भयो ! अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं, असम्भव कोशिस छोडौं ।”

 

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १४:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।