सुदरपश्चिममा नेकपा एमालेका प्रदेश सांसद्हरुले ‘फ्लोर क्रस’ गरेपछि माओवादी केन्द्रका नेता त्रिलोचन भट्टले मुख्यमन्त्री पद जोगिएको छ । मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत प्राप्त गरेका हुन् । उनलाई विश्वास प्राप्त गर्न २७ मत आवश्यक भए पनि ३० मत प्राप्त गरेका हुन् ।
उनलाई एमालेको भीम रावल समूहले १९ मत दिएको पाइएको छ । मुख्यमन्त्री भट्टको विपक्षमा ओली समूहकबाट ९ सांसद्ले मतदान गरेका हुन् । मुख्यमन्त्रीमा भट्टले विश्वासको मत प्राप्त गरेपछि नेकपा एमाले नेता भीम रावलले विधि, पद्धती र विधान मिच्नेहरुलाई सुदूरपश्चिमबाट राजनीतिक नैतिकताको शिक्षा लिन आग्रह गरेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री भट्टलाई बधाइ दिँदै विश्वासको मत लिनुपर्ने कुरा उठेपछि तत्कालै विश्वासको मत लिएको बताएका छन् ।
उनले लेखेका छन्, “सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाइ ! विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ?”

















प्रतिक्रिया