सुदूरपश्चिम प्रदेश सभामा मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिएका छन् । उनको पक्षमा ३० सांसद्हरुले मतदान गरेका छन् भने विपक्षमा ९ मत परेका छन् ।
त्यसैगरि नेपाली कांग्रेसतर्फका १२ जना सांसद्हरुले भने तटस्थता व्यक्त गरेका छन् । मुख्यमन्त्री भट्टलाई एमालेका १७ जना प्रदेश सभा सदस्यहरुले मतदान गरेका छन् । एमालेको ह्विपविपरीत फ्लोर क्रस गरेर मतदान गरेको भन्दै आलोचना भइरहेको छ ।
मुख्यमन्त्री भट्टलाई एमालेका प्रदेश सभा १७ सदस्यहरु यी हुन् :
अमरबहादुर साउद
अर्चना गहतराज
कुलवीर चौधरी
कृष्णराज सुवेदी
चुनकुमारी चौधरी
तारा लामा तामाङ्ग
दीर्घ सोडारी
दुर्गाकुमारी कामी
पूर्णा जोशी
प्रकाशबहादुर शाह
प्रकाश रावल
बलबहादुर सोडारी
मनाकुमारी साउद
माया भट्ट
लालबहादुर खड्का
सुशीला बुढाथोकी
हर्कबहादुर कुँवर ।

















प्रतिक्रिया