काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको तानाशाही प्रवृति स्वास्थ्य मन्त्रालयमा पनि देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफै पार्टी अध्यक्ष रहेको एमालले क्षेत्राधिकार बाहिर गएर स्वास्थ्य मन्त्रालयको अधिकारमा हस्तक्षेप गरेको छ ।
एमाले प्रवक्ता प्रदीप ज्ञावालीले चिनियाँ कम्युनिष्ट पार्टीबाट प्राप्त भएको स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्री शेरबहादुर तामाङमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेको भन्दै पार्टीका तर्फबाट विज्ञप्ति जारी गरेका छन्।
ज्ञावालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ”नेकपा एमालेका महासचिव कमरेड ईश्वर पोखरेलले आज केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कोभिड- १९ को नियन्त्रण र रोकथामका लागि चिनियाँ कम्युनिस्ट पार्टीबाट सद्भावस्वरुप प्राप्त स्वास्थ्य सामग्री माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङमार्फत नेपाल सरकारलाई हस्तान्तरण गर्नु भएको छ।”
अझै अगाडि गौरवका साथ अक्सिजन जेनेरेटर विथ नेबुलाइजर (कन्सन्ट्रेटर) ३० थान र एन-नाइन्टी फाइभ मास्क एक लाख सामग्रीले कोभिडविरुद्धको लडाइँमा थोरै भए पनि मद्दत पुग्ने विश्वास गरिएको लेखिएको छ ।
स्वास्थ्य क्षेत्रका जानकारहरू यो ओली आफ्नो सरकार र पार्टीको सस्तो लोकप्रियताका लागि जुनसुकै हदमा गिरेर पनि काम गर्ने चरित्र उदांगो पारेको बताउँछन् । सहयोग गरेको कुरा स्वास्थ्य मन्त्रालयले धन्यवाद स्वरुप विज्ञप्ति निकाल्न शोभनीय हुने भए पनि कुनै दलले दिएको सहयोग आफैले दिए झै गरी विज्ञप्ति निकाल्नु लज्जाको विषय भएको भन्दै एमालेको चर्को विरोध भइरहेको छ ।
यस्ता विज्ञप्तिले केही गर्न नसकेको आरोप खेपिरहेको ओली नेतृत्वको सरकारले आफ्नो दलतर्फ मानिसलाई आकर्षण पार्न खेलेको ‘फन्डा’को रुपमा लिनसकिने भन्दै विज्ञप्तिको चर्को विरोध भएको हो ।















प्रतिक्रिया