Logo

राजनीति

ओलीको एकता प्रस्तावपछि बोलेका वामदेवको झुकाव कता ?



काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतम समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले ६ बुँदे प्रस्तावमार्फत् पार्टी एकताका लागि इमान्दार प्रयत्न नगरेको आरोप लगाएको छ ।

पार्टी अध्यक्षले वक्तव्यमा आफ्नै प्रशंसा गर्नुलाई कुटिल चातुर्‍यता र जालझेलको रुपमा बुझ्नुपर्ने उक्त समूहको धारणा छ । 

बुँदा नं ४ मा २६ जनाले विपक्षी पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर फिर्ता लिने विषय पनि ओलीकै कार्यशैली, कदमको परिणाम भएको वामदेव समूहले ठहर गरेको छ ।

“२०७८ वैशाख ६ गते संविधानको धारा ७६ को उपधारा (३) को प्रधानमन्त्रीद्वारा पुनः प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा र त्यस पछि प्रतिनिधिसभा विघटन विरुद्ध दर्जनौं रिट निवेदन सर्वोच्चमा पर्नेसम्मका घटनाहरुको सन्दर्भमा नेकपा (एमाले) का २६ जना प्रतिनिधिसभा सदस्यहरुले विपक्षि पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर समावेश भएको छ । यो घटना पार्टी अध्यक्ष प्रधानमन्त्री क. केपी ओलीका अनेकौं विवाददित क्रियाकलापहरु र झलनाथ–माधव समूहका क्रियाकलापहरु एक अर्कासंग सम्बन्धित भएर आएका छन् । यसले हाम्रो पार्टी ज्यादै पेचिलो अन्तरपार्टी संघर्षलाई व्यक्त गरेको छ । यी सबैलाई पुनः एकतावद्ध भए पछिको पार्टी कमिटीको बैठकबाट मात्र समाधान गर्न सकिने छ,” वामदेव समूहले निष्कर्ष निकालेको छ ।

यसले बामदेव समूहको सुकाव पनि नेपाल-खनाल पक्षतिरै देखाउँछ । लामो समयसम्म मौन रहेका गौतमले मंगलबार मुख खोल्दै आफ्नो झुकाव देखाएका हुन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार २०:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।