Logo

राजनीति

याेगेश भट्टराईले देखेकाे एमाले एकता समस्याको मुल जड के र काे ? 



एमाले नेता याेगेश भट्टराईले पार्टी एकतामा भएकाे समस्यामा असन्तुष्टि जनाएका छन्। 

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि सकारात्मक रहेकाे बताए पनि आआफ्नाे हठ नत्यागिरहेका बेला भट्टराईकाे धारणा आएकाे हाे।

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा भट्टराईले लेखेका छन्, ‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता जेएन खनाल र  माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने।’

उनले थप अगाडि लेखेका छन्, ‘कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने।’

याे कसले किन र केका लागि भनेर भट्टराईले प्रश्न गरेका छन्।   ‘एमाले एकताको समस्याको मुल जड यहिँ छ।  ‘यस विषयमा कमरेडबीचमा गम्भीर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ,’ उनले लेखेका छन्।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार ०९:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।