Logo

राजनीति

संसद् विघटनको मुद्दाका सुनुवाइका लागि कार्की र खतिवडा सहितको इजलासलाई नै निरन्तरता



संसद् विघटन विरुद्धको मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासको पेशी आज तोकिएको छ। यसअघि प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले वरिष्ठताका आधारमा गठित इजलासलाई नै निरन्तरता दिएको रिट दायरकर्ता मध्यका एक अधिवक्ता तथा कानुन व्यवसायी किर्तिनाथ शर्मा पौडेलले अनलाइनपनालाई जानकारी दिए ।

उनले भने ‘आफूद्वारा गठित इजलासमा शङ्का नगर्न अनुरोध गर्दै प्रधानन्यायाधीशले हालको इजलास समाति नै फाइनल रहेको बताउनु भयो ।’ यस अघि वरिष्ठताका आधारमा गठित इजलास माथि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीहरूले प्रश्न उठाएका थिए ।

मुद्दाको संवैधानिक इजलासका लागि प्रधानन्यायाधीश जबरा सहित न्यायाधीशद्वय दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई इजलासमा राखिएको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १२:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।