जनमोर्चाबाट गण्डकी प्रदेशसभा सदस्य रहेका कृष्ण थापालाई सर्वोच्च अदालतले गरेको पुनर्बहालीविरुद्ध भ्याकेट (पुनरावलोकन) निवेदन परेको । । प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी बुधबार सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएका हुन् ।
अधिकारीले दर्ता गराएको भ्याकेट निवेदनमा अन्तरिम आदेश खारेज गर्न माग गरिएको छ । उक्त मुद्दाको पेशी बिहीबारका लागि तोकिएको छ ।
यस अघि जेठ २३ मा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै थापालाई प्रदेशसभा सदस्यको रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो ।
गण्डकी प्रदेशसभामा बिहीबार नै मुख्यमन्त्रीले विश्वासको मत लिँदै छन् ।

















प्रतिक्रिया