संविधानको धारा ७६ (५) अनुसार आफ्नो पक्षमा बहुमतको दाबी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका संसदहरुले सर्वोच्च अदालतमा हालेको संसद् विघटन विरुद्धको मुद्दाको सुनुवाइ १७ दिनको लागि स्थगित भएको छ ।
बुधवार सर्वोच्च अदालतले संसद् विघटन विरुद्ध संवैधानिक इजलासबाट गरेको सुनुवाइबाट कारण देखाऊ आदेश जारी गर्दै उक्त मुद्दाको सुनुवाइ आगामी असार ९ गतेसम्मको लागि स्थगित गरेको हो । उक्त मुद्दा आफ्नो पक्षमा परेसँगै सभापति देउवा धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्ने छन् ।
उक्त मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश जबरा सहित न्यायाधीशद्वय दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासमा भएको हो ।

















प्रतिक्रिया