Logo

राजनीति

प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलका लागि सभामुखले पठाए पत्र



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरूलाई छलफलका लागि बोलाएका छन् ।

समसामयिक विषयका लागि छलफल गर्न भन्दै सापकोटाले आज पत्राचार गरेका हुन् । जेठ २८ गते २ बजे निर्धारण गरिएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा तय गरिएको बैठकमा समसामयिक विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति : जेष्ठ २६, २०७८ बुधबार  ६ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।