Logo

राजनीति

प्रदेश २ मा कांग्रेसको भागमा तीन मन्त्रालय, साँझ ७ बजे शपथ



जनकपुरधाम । प्रदेश दुई सरकारमा सहभागी हुँदै कांग्रेसले तीन मन्त्रालय पाउने निश्चित भएको छ । कांग्रेसको तर्फबाट संसदीय दलका नेता रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह मन्त्री बन्दैछन् । 

उनीहरूलाई बुधबार साँझ ७ बजे सपथ ग्रहरण गराउने तयारी प्रदेश सरकारले गरेको छ । यादवले भौतिक मन्त्रालय, शर्माले खानेपानी तथा सिँचाई र सिंहले सञ्चार मन्त्रालय पाएकाछन् ।

प्रदेश २ सरकारले माओवादीलाई पनि सरकारमा सहभागी गराउने विषयमा छलफल गरिरहेको छ । 

जसपा अध्यक्ष महन्थ ठाकुर समूह संघीय सकारमा सहभागी भएपछि अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले मन्त्री जितेन्द्र सोनल र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेका थिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १८:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।