Logo

राजनीति

राष्ट्रपति बनेपछि पहिलाे विदेश भ्रमणमा निस्किए बाइडन, लोकतान्त्रिक मुलुकसँग सहकार्य गर्ने



अमेरिकी राष्ट्रपति जो बाइडनले पहिलाे विदेश भ्रमण सुरु गरेका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछि उनी  युरोपका सहयोगी देशका प्रमुख र रूसी राष्ट्रपति व्लादिमीर पुटिनसँग भेटवार्ता गर्नेछन्।

जो बाइडनले भनेका छन् याे भ्रमणकाे उद्देश्य हाे, ‘विश्वका लाेकतान्त्रिक देशलाई साथमा लिने।’

बाइडनले आठ दिने भ्रमणमा बेलायती प्रधानमन्त्री बोरिस जाेनसनसँग भेटघाट गर्ने कार्यक्रम छ। यसपछि दुवै नेता जी-७ सम्मेलनमा भाग लिनेछन्। याे पटक जी-७ इंग्ल्यान्डमा हुनेछ।

अमेरिकी राष्ट्रपतिकाे याे भ्रमण जी-७ सम्मेलनमा केन्द्रित रहनेछ। क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका संगठनका सदस्य छन्।

प्रकाशित मिति : जेष्ठ २७, २०७८ बिहीबार  ८ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।