Logo

राजनीति

स्वास्थ्यमन्त्रीको सम्पत्ति : आफ्ना नाममा चार र श्रीमतीका नाममा ११ स्थानमा जग्गा, २२ ताेला सुन



स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङकाे लगाव जग्गामा देखिएकाे छ। उनले आफू र आफ्नी श्रीमतीकाे नाममा २० राेपनीभन्दा बढी जग्गा जाेडेका छन्।

 मन्त्री तामाङले बुझाएको सम्पति विवरण अनुसार उनकाे नाममा सिन्धुपाल्चोक र काठमाडौंका चार ठाउँमा र श्रीमती उषाकला राईको नाममा ११ ठाउँमा जग्गा छ।

तामाङको नाममा रहेको काठमाडौं र सिन्धुपाल्चोकको जग्गाको स्रोत अंश र पुर्ख्याैली उल्लेख छ। राईको खोटाङमा रहेको जग्गाको स्रोत पुर्ख्याैली भनिएको छ । बाँकी ठाउँको जग्गा प्राप्तिको स्रोत खुलाइएको छैन।

तामाङसँग २२ तोला सुन छ । यो सुन पुर्ख्याैली र केही खरिद गरेकाे विवरणमा उल्लेख छ। उनले तीन वटा बैंक खातामा रकम राखेका छन्। आफू र श्रीमतीको नाममा ३ लाख २७ हजार ३५० रुपैयाँ नगद रहेकाे उल्लेख छ। 

सवारी साधनमा  एउटा कार र मोटरसाइकल छ। तीन थान ल्यापटप र तीन वटा मोबाइल पनि उनीहरुसँग रहेकाे विवरणमा उल्लेख छ।

197153716_925246471654046_4514843006029342881_n.gif

प्रकाशित मिति : जेष्ठ २६, २०७८ बिहीबार  ९ : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।