गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज बिहीबार विश्वासको मत लिने लागेका छन्। दिउँसो बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची छ।
उनीगत वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएपछि ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
गण्डकी प्रदेशमा ६० प्रदेश सभा सदस्य छन् । जसमा विपक्षमा नेपाली कांग्रेसका १५, माओवादीका ११ ९सभामुखबाहेक० र जसपाका दुई तथा राष्ट्रिय जनमोर्चाका दुई सांसद छन् । जसअनुसार मनाङेसहित विपक्षीको ३१ मत पुग्छ भने मुख्यमन्त्री गुरुङको पक्षमा २७ सांसदमात्र हुने देखिन्छ । बहुमत पुर्याउन ३१ मत चाहिन्छ ।
प्रतिक्रिया