Logo

राजनीति

मन्त्रिपरिषद् विस्तार : गृहमन्त्रीमा खगराज अधिकारी, अरु को-को थपिए ? 



प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत शुक्रबार जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहलाई सरकारमा सहभागी गरएका प्रधानमन्त्री ओलीले बिहीबार फेरि मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद पुनगर्ठन गरेर पूर्णता दिन लागेका हुन् । 

यसअघि प्रधानमन्त्रीले सात वटा मन्त्रालय आफैंले राखेर १७ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । आज त्यसलाई विस्तार गर्दै पूर्णता दिन लागेको एमाले नेताहरुले बताएका छन । 

प्रधानमन्त्री ओलीले कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री, कैलालीका नारदमुनी राना वनमन्त्री, मोहन वानियाँ विनाविभागीय र  नैनकला थापा पनि मन्त्रीमा नियुक्त गरेका हुन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्‍नीलाई सञ्‍चार मन्त्री बनाउने तयारी छ । 

यस्तै ज्वालाकुमारी साह कृषि मन्त्री, राजकिशोर यादव, उद्योग मन्त्री, गणेश पहाडी, सामान्य प्रशासन मन्त्री र आशा विक वन राज्यमन्त्रीमा बन्ने भएका छन्  । 

नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण बिहीबर नै गराइने तयारी छ । 

 

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार १२:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।