प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेका छन् । बादललाई माओवादी केन्द्रले कारबाही गरेपछि सांसद् गुमाएका थिए । सांसद् नभएको व्यक्ति दोस्रो पटक गृहमन्त्री हुन नपाउने सर्वोच्च अदालतको आदेशपछि बादल पदमुक्त भएका थिए ।
बादलले फेरि मन्त्रिमण्डलमा दोहोरिने इच्छा व्यक्त गरे पनि त्यो सम्भव नदेखेपछि प्रधानमन्त्री ओलीले उनकी पत्नी नैनकला थापालाई सञ्चार मन्त्रालयको जिम्मा दिने भएका हुन् ।
बादलपत्नी नैनकला विगतमा महिला आयोगको अध्यक्ष थिइन् । बादलसँग उनको २०४० सालमा विवाह भएको हो । यसअघि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण बादललगायत पूर्वमाओवादीका ७ जना मन्त्रीहरू पदमुक्त भएका थिए ।
प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तारमा पूर्वमाओवादी समूहबाट दुईजनालाई समेटेका छन् । नैनकलासँगै ज्वाला शाह कृषिमन्त्री बन्ने भएकी छन् ।
प्रतिक्रिया