Logo

राजनीति

को हुन् आज गृहमन्त्री बन्न लागेका खगराज अधिकारी ?



प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार मन्त्रीमण्डललाई पूर्णता दिने तयारीमा रहेका छन् । उनले  कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री, कैलालीका नारदमुनी राना वनमन्त्री, मोहन वानियाँ विनाविभागीय र  नैनकला थापा पनि मन्त्रीमा नियुक्त गरेका हुन् । 

त्यस्तै पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नीलाई सञ्चार मन्त्री बनाउने तयारी छ भने ज्वालाकुमारी साह कृषि मन्त्री, राजकिशोर यादव, उद्योग मन्त्री, गणेश पहाडी, सामान्य प्रशासन मन्त्री र आशा विक वन राज्यमन्त्रीमा बन्ने भएका छन्  । 

को हुन् खगराज ?

खगराज अधिकारीको जन्म विसं २०१८ साल चैत्र २५ गते लेखनाथको बेगनासमा भएको हो । अधिकारी २०२९ सालमा स्थानीय आनन्द ज्योति माविको स्ववियु सभापतिको रूपमा विद्यार्थी राजनीति हुँदै सक्रिय राजनीतिमा होमिएका थिए । 

अधिकारीले विद्यार्थी राजनीतिमा २०३७ सालमा केन्द्रीय स्वबियु सदस्य, २०४०/४१ मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति हुँदै अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्ष सम्मको जिम्मेवारी सम्हालेका थिए ।

पढाइमा अब्बल उनले देशभरबाट राजनीति शास्त्रमा उत्कृष्टता समेत हाँसिल गरेका थिए । विभिन्न राजनीतिक घटना क्रममा ५ पटकसम्म जेल जीवन बिताएका उनी एमाले कास्की सचिव हुँदै जिल्ला कमिटी अध्यक्ष पनि भएका थिए । 

अधिकारी २०५१ सालको आम निर्वाचनमा निर्वाचित भएका थिए । त्यसपछि पार्टीको सचेतक, केन्द्रीय विभागमा अनुशासन निरीक्षण, वैकल्पिक पोलिटब्युरो सदस्यको साथै गण्डकी संयोजक भइ काम गरिसकेका छन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकीकरण पछि बनेको एकीकृत पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उनी केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेश सह इन्चार्ज हुन् समेत हुन  ।

दोस्रो संविधानसभा निर्वाचन पछि सुशील कोइरालाको नेतृत्वमा गठित सरकारमा तत्कालीन एमालेलेबाट ४१ वर्षको सक्रिय राजनीति पछि अधिकारी सन् २०१४ मा नेपालको स्वास्थ्य र जनसंख्या मन्त्रीको पद ग्रहण गरेका छन् ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा समेत ३२ हजार २ सय ४२ मत ल्याएर कास्की क्षेत्र नम्बर १ बाट  विजयी भएका थिए ।  उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका यज्ञबहादुर थापाले २५ हजार ८२६ मत ल्याएका थिए । उनले राष्ट्रिय ताल संरक्षण समितिका अध्यक्ष समेत भई काम गरिसकेका छन् ।

प्रकाशित मिति : जेष्ठ २७, २०७८ बिहीबार  १२ : ५२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।