प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीबार गरेको मन्त्रिपरिषद् विस्तारका क्रममा सुदूरपश्चिमबाट पनि एकजना मन्त्री बन्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले वन मन्त्रालयको जिम्मा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नारदमुनि रानालाई दिएका छन् । यसअघि वन मन्त्रालयको जिम्मा सुदूरपश्चिमकै प्रेम आलेले सम्हालेका थिए । उनको कार्यकाल निकै विवादित बनेको थियो ।
वन मन्त्रालयका आउन लागेका नागरमुनिले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनका कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कैलाली क्षेत्र नम्बर ५ बाट पराजित गरेका थिए ।
प्रधानमन्त्रीले बिहीबार नै पूर्वमाओवादीबाट एमाले प्रवेश गरेका दुई जनालाई मन्त्रिमण्डलमा समेटेका छन् । उनले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेका छन् । बादललाई माओवादी केन्द्रले कारबाही गरेपछि सांसद् गुमाएका थिए । सांसद् नभएको व्यक्ति दोस्रो पटक गृहमन्त्री हुन नपाउने सर्वोच्च अदालतको आदेशपछि बादल पदमुक्त भएका थिए ।
नैनकलासँगै पूर्वमाओवादीबाट आएकी ज्वाला शाह कृषिमन्त्री बन्ने भएकी छन् ।
प्रतिक्रिया