प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गरेको मन्त्रिपरिषद् विस्तारका क्रममा माधव नेपाल समूहका गणेश पहाडीलाई पनि मन्त्री बनाइएको छ । नेपाल समूहका नेता योगेश भट्टराईको पहलमा पहाडीलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मा दिइएको बताइएको छ ।
माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरुसँग संवाद भइरहे पनि मन्त्री बन्न नमानेपछि योगेश भट्टराईनिकट पहाडीलाई सामान्य प्रशासन मन्त्री बनाइएको हो ।
सिन्धुलीबाट दुईपटक निर्वाचित भएका पहाडी प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला अनुपस्थित हुने २८ जनामा एक थिए । तर उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन रिट निवेदन दिने बेला भने हस्ताक्षर गरेनन् ।
योगेश भट्टराई र पहाडीले संयुक्तरूपमा यसअघि एमाले महासचिव ईश्वर पोखरेललाई पनि भेटेर पार्टी एकताको पहल गर्न आग्रह गरेका थिए । माधव पक्षका गोकर्ण, योगेश गणेश पहाडी र पवित्रा निरौला खरेलले हस्ताक्षर गरेका थिएनन् ।
मन्त्रिपरिषदका ८ जना सदस्यमध्ये एमालेबाट पूर्वमाओवादीसहित ७ जना पर्दा माधव नेपाल समूहका एकजना गणेश पहाडी समेटिएका हुन् ।















प्रतिक्रिया