Logo

राजनीति

ओली क्याबिनेटका २५ मन्त्री : कसलाई के जिम्मेवारी ? 



प्रधानमन्त्री केपी शर्मा ओलीले एक साताको अन्तरालमा दुई पटक मन्त्रिपरिषद् विस्तार गरेर आफ्नो क्याबिनेटलाई पूर्णता दिएका छन् । गत शुक्रबार जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूहलाई सरकारमा सहभागी गराउका प्रधानमन्त्री ओलीले बिहीबार फेरि असन्तुष्ट पूर्वमाओवादी र एमालेका नेताहरुलाई मन्त्री पद दिएका हुन् । 

प्रधानमन्त्री ओलीले बिहीबार सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री र जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाएका छन् । २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री रहेका छन् । 

यसअघि सर्वोच्च अदालतको आदेशसँगै सात मन्त्रीहरु पदमुक्त भएपछि ओलीले आफ्नो पार्टीका केही मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रिमण्डल गठन गरेका हुन् । 

यी हुन् ओली क्याबिनेटमा २५ मन्त्री :

Cabinet.jpg

 

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार १४:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।