३० मिनेटका लाग स्थगित भएको गण्डकी प्रदेश सभा करिब डेढ घण्टा हुँदा पछि सुर भएको छ । सभामा बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । उक्त प्रस्तावमाथि दलहरूले आफ्नो धारणा व्यक्त गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक ३० मिनेटको लागि स्थगित भएको जानकारी गराएका थिए ।
मतदान स्थल व्यवस्थापन कार्यले गर्दा सभा सुरु हुन ढिला भएको गण्डकी प्रदेश सभाकी सूचना अधिकारी सपना अधिकारीले अनलाइनपानालाई जानकारी दिइन् ।
अब सभा सुरु भएसँगै मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँने छन् ।
सभामा बहुमत देखाउन ३१ जना सांसद आवश्यक पर्छ । गण्डकीमा रहेका एमालेका २७ सांसद मध्ये इन्द्रलाल सापकोटा माधवकुमार नेपाल समूहमा छन् । जनमोर्चाका कृष्ण थापालाई सर्वोच्च अदालतले थमौती गरेपछि उनले पनि मतदानमा भाग लिन पाउने भए पनि तटस्थ बस्ने बताइसकेका छन् ।
आफूलाई मत दिने विश्वासका साथ मन्त्रीमा नियुक्त गरिएका राजीव गुरुङ उर्फ दीपक मनाङे सम्पर्कविहीन छन् । यसो गर्दा गुरुङको पक्षमा २७ मत हुने देखिन्छ । गत वैशाख २७ गते अल्पमतमा पर्ने भएपछि राजीनामा दिएर प्रदेश प्रमुखबाट ठुलो दलको नेताको रूपमा मुख्यमन्त्री नियुक्त भएका गुरुङले आफ्नो पक्षमा बहुमत पुर्याउन सक्ने सम्भावना निकै कम देखिएको छ ।
















प्रतिक्रिया