काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका सात मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बिहिबार आयोजित एक कार्यक्रकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन् ।
प्रधानमन्त्री ओलीले बिहीबार सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री र जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाएका छन् । २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री रहेका छन् ।
यसअघि सर्वोच्च अदालतको आदेशसँगै सात मन्त्रीहरु पदमुक्त भएपछि ओलीले आफ्नो पार्टीका केही मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रिमण्डल गठन गरेका हुन् ।
यी हुन् ओली क्याबिनेटमा २५ मन्त्री :
प्रतिक्रिया