गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन आज बोलाएको प्रदेश सभा बैठक अहिले केहीबेरका लागि स्थगित गरिएको छ ।
नेकपा (एमाले)सँग २७ सिट मात्र भएकाले र अरु सबै दलले विपक्षी गठबन्धन बनाएकाले गुरुङले विश्वासको मत पाउन सक्ने सम्भावना कम छ । गण्डकीमा विश्वासको मत पाउन उनले ३१ सांसदको मत पाउनु पर्ने हुन्छ ।
तर, २७ जनामध्ये नै गनिएका राजीव गुरुङ उर्फ दीपक मनाङेले पनि गुरुङलाई समर्थन नगर्ने जनाइसकेका छन् ।
अर्कोतिर राजीव गुरुङले कांग्रेसको नेतृत्वमा बन्ने विपक्षीहरूलाई सघाउने भएका छन् । उनलाई गृहमन्त्री समेत बनाउने चर्चा चलिरहेको छ ।
प्रतिक्रिया