नेकपा एमालेका नेता महेश बस्नेतले आफ्ना लागि कहिले पद ठूलो नभएको प्रतिक्रिया दिएका छन् । गृहमन्त्रीको चर्चामा रहेका बस्नेतले सामाजिक सञ्जालमा आक्रोस पोख्दै आफू सधै पार्टीको नीति र निर्देशन मान्ने बताएका छन् ।
‘मेरो राजनीतिक जीवनमा पद प्राप्ति ठूलो विषय कहिले बनेन । पार्टी नीति, नेतृव र निर्देशन सदैब पालना गरेर अगाडि बडेको छु। परिभाषित काममा सदैब आफ्नो दक्षता देखाएको छु । पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दवाव पर्ने गरी काम गरेको छु’, उनले लेखेका छन् ।
अफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभरको एमाले कार्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको उनको दावी छ । ‘पटक-पटकको मन्त्री मण्डलको पुनरगठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्छ । मेरो सहयोद्धा कमरेडहरू बनाउने पक्षमा र बनाउनै हुँदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ । हो मेरो सफलतामा आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन् । मेरो विरोधि साथीहरूलाई झन धेरै धन्यवाद छ । जस्को कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु । त्यो नै मैले सिकेको सिकाई हो र उपलब्धि पनि’, उनले लेखेका छन् ।
कतिपय मिडियाले आफ्नो नाम जोडेर गुटफेर्दैछु जस्ता समाचार लेखिरहेको भन्दै उनले आक्रोस पोखे । उनले तेस्तो भ्रममा नपर्न आग्रह गरेका छन् । उनले अझै जोस जाँगर र उर्जाका साथ पार्टीको काममा लाग्ने बताएका छन् । ‘मेरो राजनीतिक जीवनमा विकाश गर्न खोजेको नयाँ अभ्यास समय क्रममा थप पुष्टि हुनेछ’, उनले भनेका छन् ।















प्रतिक्रिया